२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिजः नेपालको लगातार चौथो हार



अ+ अ-

काठमाडौं । राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाईन्

थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ विकेट लिँदा फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ रन बनाईन् । थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाउँदा नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले ११ विकेट लिए ।