६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको फलेबास नगरपालिकामा आएको पहिरोमा परी ४ वर्षीया बालिकाको मृत्यु



अ+ अ-

पर्वत । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ  । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो । राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको स्थानीय आनन्द गौंडेलले बताए । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्‍याएको छ । घर माथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुंगाले लागेर खसेपछि स्थानीयले खोजी सुरु गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको टोली पगेर उद्धारमा खटिएको छ । पहिरोले विकका दुई भैंसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिरोबाट स्थानीय रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिरोका कारण करिब १०० रोपनी धानखेतमा पहिरोले क्षति पुगेको छ ।

रातभर परेको वर्षापछि पहिरो खसेर मुडिकुवा र शंकरपोखरीको सिमानास्थित सर्‍याङ्दीखोलाको पुल पुरिएको स्थानीय झलक शर्मा तिवारीले बताए । उनका अनुसार मुडिकुवाको पाखेबारी भन्ने स्थानबाट करिब एक किलोमिटर तल खसेको पहिरोले पुल पुरिएको हो । पुल पुरिएपछि शंकरपोखरीबाट कुश्मा नगरपालिका आउजाउ अवरुद्ध भएको छ ।

पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । सहश्रधारामा खसेको पहिरो हटाउन पठाइएको एक्स्काभेटरसमेत पहिरोस्थलमा पुग्न नसकेपछि हटाउन नसकिएको सुवेदीले बताए । कान्तिपुर दैनिक