९ भाद्र २०८३, मंगलवार
,
Latest
पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको फलेबास नगरपालिकामा आएको पहिरोमा परी ४ वर्षीया बालिकाको मृत्यु



अ+ अ-

पर्वत । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ  । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो । राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको स्थानीय आनन्द गौंडेलले बताए । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्‍याएको छ । घर माथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुंगाले लागेर खसेपछि स्थानीयले खोजी सुरु गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको टोली पगेर उद्धारमा खटिएको छ । पहिरोले विकका दुई भैंसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिरोबाट स्थानीय रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिरोका कारण करिब १०० रोपनी धानखेतमा पहिरोले क्षति पुगेको छ ।

रातभर परेको वर्षापछि पहिरो खसेर मुडिकुवा र शंकरपोखरीको सिमानास्थित सर्‍याङ्दीखोलाको पुल पुरिएको स्थानीय झलक शर्मा तिवारीले बताए । उनका अनुसार मुडिकुवाको पाखेबारी भन्ने स्थानबाट करिब एक किलोमिटर तल खसेको पहिरोले पुल पुरिएको हो । पुल पुरिएपछि शंकरपोखरीबाट कुश्मा नगरपालिका आउजाउ अवरुद्ध भएको छ ।

पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । सहश्रधारामा खसेको पहिरो हटाउन पठाइएको एक्स्काभेटरसमेत पहिरोस्थलमा पुग्न नसकेपछि हटाउन नसकिएको सुवेदीले बताए । कान्तिपुर दैनिक