९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

पाथीभरा केवलकार निर्माणमा अवरोध हटाउन आग्रह

पाथीभरा केवलकार निर्माणमा अवरोध हटाउन आग्रह
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पाथीभरा केवलकार निर्माणमा अवरोध हटाउन आग्रह गरेको छ । महासंघले आज एक बिज्ञप्ति जारी गर्दे केवलकार निर्माणमा अवरोध हटाउन आग्रह गरेको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केवलकार परियोजनामा देखा परेका विवादप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा जारी प्रेस विज्ञप्तिमा कोशी प्रदेशमा पर्यटन पूर्वाधारको अभावका कारण पर्यटन व्यवसायको अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै, पाथीभरा केवलकार निर्माणलाई कोशेढुंगा सावित हुने परियोजनाका रूपमा हेरिएको उल्लेख छ ।

“पाथीभरा केवलकार निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा निर्माणमा अवरोध हुनु अनुचित छ। वार्षिक लाखौं भारतीय र आन्तरिक पर्यटक भित्र्याउने सम्भावना बोकेको यस परियोजनामा अवरोध सिर्जना हुनु ताप्लेजुङ तथा समग्र कोशी प्रदेशको हित विपरीत हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

नेपालमा विदेशी लगानी भित्र्याउने प्रयास भइरहेका बेला स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्नु गलत सन्देश दिने महासंघको ठहर छ। “प्रदेश सरकारले लगानी सम्मेलन, पर्यटन वर्ष २०८२, र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको छ। यस्तो समयमा विकास निर्माणमा अवरोध सिर्जना हुँदा लगानीकर्ता हतोत्साहित हुन सक्छन्,” महासंघले चेतावनी दिएको छ।

धार्मिक तथा सांस्कृतिक विविधता पर्यटन प्रवर्द्धनको प्रमुख आधार भएको भन्दै महासंघले सबै सरोकारवालालाई वार्ता संवादमार्फत समाधान निकाल्न अपिल गरेको छ।

“स्थानीय भाषा, कला, संस्कृति तथा सम्पदाको उचित संरक्षण गर्दै स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने कुरामा यदि अस्पष्टता छ भने वार्तामार्फत निरुपण गरी आयोजनाको काम तत्काल अघि बढाउन हामी संघीय, प्रदेश र स्थानीय सरकार तथा आन्दोलनरत पक्षलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सरकार, निजी क्षेत्र र समुदायको सहकार्यबाट मात्र दिगो आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त गरेको छ।