२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिज: थाइल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । यस्तै, सिता राना मगरको ठाउँमा रोमा थापा टिममा आएकी छन् ।

हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी, रचना कुमारी चौधरी ।