
काठमाडौँ। साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा सानदार जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्याएका छन् ।
उनले पहिलो गोल पेनाल्टी तथा दोस्रो गोल हेडरमार्फत गरेका हुन् । त्यस्तै, अलि अल हासन र मोहम्मद अल फातिको नाममा एक/एक गोल रह्यो । यो जितपछि अल नासरको एएफसी च्याम्पियन्स लिगमा ७ खेलमा १६ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।