
काठमाडौं। काठमाँडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक-फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।
आज कलंकी मालपोत वरिपरिका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।