२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अनुशासन कायम गर्न प्रदेश प्रमुख भण्डारीको आग्रह



अ+ अ-

जनकपुर। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आर्थिक अनुशासन कायम गर्न जरुरी रहेको बताए।

मधेश प्रदेशसभाको सातौँ वार्षिकोत्सवको अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले प्रदेशप्रति हुने गरेको नकारात्मक टिप्पणी चिर्दै सङ्घीयता तथा गणतन्त्रको संस्थागत विकास हुने गरी गतिविधि गर्न प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन तथा जनतालाई विकासको अनुभूति गराउन प्रदेश सरकारले विभिन्न व्यवधानका बीच काम गरिरहेकाले चाडै परिणाम देखिने बताए ।

प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले सङ्घीय शासन प्रणालीपछि मधेशका गाउँगाउँमा विकासको पहुँच पुगेका कारण गाउँहरूसहरमा परिणत हुन थालेको बताए । शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षामा लगानी नबढाएसम्म प्रदेशको समृद्धि र विकास कठिन हुने भएकाले सबै तहका सरकारलाई लगानी बढाउन आग्रह गरेका छन् । खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले प्रदेशसभाले विकास तथा सुशासन अगाडि बढाउनका लागि नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको बताए।

नेपाली कांग्रेसका नेता रामसरोज यादवले प्रदेशमा प्रभावकारी कार्यसम्पादनका लागि यथाशीघ्र प्रहरी र निजामती कर्मचारीको समायोजन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा यस वर्षको सर्वोत्कृष्ट प्रदेशसभा सदस्यको रूपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव र सर्वोत्कृष्ट कर्मचारीको रेडियो नेपाल प्राविधिक अधिकृत ईन्द्रकुमार बहरखेललाई सम्मान गरिएको थियो । बहरखेल प्रदेशसभाको स्थापनादेखि नै सचिवालयमा काजमा काम गरिरहेको बताए ।