६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा ४० लाखको मह बिक्री



अ+ अ-

रुकुमपश्चिम। मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार मह प्रतिकिलो रु एक हजारदेखि एक हजार दुई सय सयसम्म बिक्री हुने गरेको छ । सबैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेको छ । सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको छ ।

जिल्लाभर एक सय ५० देखि दुई सय किसानले मौरीपालन गर्दै आएका छन् । केही किसानले घरका लागि मात्र प्रयोग हुने मह उत्पादन गरे पनि एक सय ५० बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलङ्गा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज काठमाडौँसम्म मह बिक्री हुने गरेको छ ।

सिजनमा मह बिक्रीबाट प्रत्येक किसानले रु पाँच हजारदेखि तीन लाखसम्मसम्म आम्दानी गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।