९ पुष २०८२, बुधबार
,
Latest
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा भूपेन्द्रलाई २ स्वर्ण



अ+ अ-

काठमाडौं। नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन् ।

उनले कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते । प्रतियोगितामा नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ । भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहेका छन् ।

गत नोभेम्बर एता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि भूपेन्द्रले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए । छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन् ।