२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिदै



अ+ अ-

बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि जिल्लाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा पठाइएको नमुना परीक्षण गर्दा डेङ्गु नै पुष्टि भएकोले जिल्ला उच्च जोखिममा रहेकोे निमित्त प्रमुख लम्सालले जानकारी दिएका छन्।

यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । यसैगरी मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ । ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामी गएको वैशाखदेखि हालसम्ममा ४१ जना अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा सात जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । बेनी नगरपालिकाका पाँच जना, मङ्गला गाउँपालिकाका एक जना र बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

विगतमा परीक्षण नहुने भए पनि म्याग्दीमा शङ्कास्पद बिरामी देखिएकाले अहिले स्क्रब टाइफसको किट मगाएर परीक्षण गर्दा रोग पत्ता लागेको बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताए । “लक्षण देखिन्छ, परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्क्रबको औषधि चलाउँदा निको हुने पनि गरेको छ ।” उनले भने । यसका बिरामीको समयमै पहिचान हुन सकेमा उपचार सम्भव हुने भए पनि पहिचान हुन ढिला भए मृत्युदर उच्च रहने उनको भनाइ छ ।

बेनी अस्पतालका सूचना अधिकरी सुवेदीका अनुसार १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गले काम नगर्ने र आन्तरिक रक्तस्राव यसका मुख्य लक्षण देखिने हुँदा घर वरपरको झाडीलगायत सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उपाय हो ।
आन्तरिक रक्तस्रावसम्मको जटिल प्रकृतिको समस्यासहित डेङ्गु र स्क्रब टाइफसका बिरामीसमेत बेनीमा आएका र केही उपचारपछि ठीक भएका र केहीलाई थप उपचारका लागि ठूला अस्पतालमा रिफर गरिएको डा. घिमिरेले बताए । गोरखापत्र दैनिक