२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा मात्रै १२ हजार २ सय ४८ जनामा कोेरोना संक्रमण, कुन ठाँउमा कति छन् संक्रमित ? हेर्नुहोस् विवरण



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देखिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार कलंकी–रविभवन क्षेत्रमा २ सय ४४, स्वयम्भू क्षेत्रमा ४ सय ७७, वनस्थली–बालाजु क्षेत्रमा ३ सय ८७, सामाखुसी–म्हैपी क्षेत्रमा १ सय ५६ जनामा संक्रमण देखिएको छ । भोटाहिटी–असन क्षेत्रमा २ सय ५९, नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा १ सय १८, बागबजार–भृकुटीमण्डप क्षेत्रमा २ सय ३१ र सिनामंगल–कोटेश्वर चोक क्षेत्रतर्फ २ सय ९४ जनामा संक्रमण देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । संक्रमितमध्ये काठमाडौंका ३८ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंका १ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । संक्रमितको सम्पर्कमा आएका ११ हजार ८ सय ६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

सोमबार देशभर १ हजार १ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । सोमबार ८ सय ७९ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ३ सय ६० जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा बसेका छन् । हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ५१ हजार ४ सय ५ पटक कोरोना परीक्षण गरिएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमित सबैको उपचार नगर्ने भएको छ । सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने तयारी थालेको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार बसेको मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले सो निर्णय मन्त्रिपरिषद्समक्ष पुर्याएको हो । राजधानी दैनिक