६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान

वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान
अ+ अ-

गुल्मी। गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानले डेढ वर्षसम्म पनि क्षति बापतको राहत रकम प्राप्त गर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०८०÷८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीमा सय पाँच जना किसानले राहतका लागि दिएका निवेदन दिएका थिए । डेढ वर्षसम्म पनि कार्यालयले किसानलाई राहत रकम उपलब्ध नगराएको किसानले गुनासो गरेका छन् । वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिका लागि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट किसानलाई क्षति बापतको राहत उपलब्ध गराउने व्यवस्था छ ।

तर बजेटको सुनिश्चितता नभएको भन्दै मन्त्रालयले डेढवर्षसम्म पनि राहत रकम जिल्लामा उपलब्ध नगराएका कारण किसान राहत उपलब्ध गराउन नसकिएको डिभिजन वन कार्यालय गुलमीले जनाएको छ । डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिको लागि एक सय पाँच जना किसानले आवशयक कागजातसहित कार्यालयमा निवेदन पेस गरिसकेका छन् ।

किसानहरुले पेस गरेका निवेदनमा ४२ जनाले बालीनाली र ६३ जनाले पशुधन क्षति भएको भन्दै राहतको दाबी गरेका हुन । तर निवेदन दिएको डेढ वर्ष हुँदा पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको मदाने गाउँपालिका –४ कुसुम बस्तीका किसान लालबाहदुर घर्तीले बताए।

चितुवाले खोरमा पसेर माउबाख्रा खाइदिएपछि राहतका लागि मुचुल्का बनाएर वन कार्यालयमा निवेदन दिएको उनले बताए । त्यसैगरी मदाने–४ का किसान डोरबहादुर घर्तीको पनि चितुवाले खोरबाट तीन वटा बाख्रा मारेको थियो । उहाँले आफू कतिबेला राहत आउँछ भनेर त्यसैको आशमा बसिरहेको बताए ।

गुल्मीमा वन्यजन्तुबाट क्षति पुगेका एक सय पाँच जनामध्ये ४२ जना किसानको बालीनालीमा क्षति पुगेको छ भने अन्य ६३ जनाको पशुधन क्षति पुगेको छ । डिभिजन वन कार्यालय गुल्मीका अनुसार पशुधनबापत बाख्रा, गाईगोरु, भैँसी र कुखुराको क्षतिको राहतका लागि निवेदन दिएको बताइएको छ ।

किसानहरुले दिएका निवेदनका आधारमा जिल्लामा रहेको राहत मूल्याङ्कन समितिले सिफारिस गरी राहतका लागि प्रदेश मन्त्रालयमा पठाउने गर्दछ । राहतको लागि माछा वा कुखुराको हकमा मूल्याङ्कनका आधारमा वर्षमा एक पटक बढीमा रु दश हजार, बाख्राको हकमा प्रति बाख्रा दश हजार र गाईभैँसी, राँगो, उन्नत् जातको गाई, घोडा, खच्चड, चौँरी लगायतको हकमा ६० हजारसम्म क्षतिपूर्ति दिने निर्देशीकामा व्यवस्था छ ।

कार्यालयमा निवेदन पेस गरेका किसानले पटक–पटक फोन गरेर सोध्ने गरेको भन्दै डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत मदन सापकोटाले प्रदेशमा बजेटको सुनिश्चितता नभएका कारण किसानलाई समयमा राहत उपलब्ध गराउन नसकिएकोे जानकारी दिए ।

उनले मन्त्रालयबाट बजेट आएपछि प्रक्रिया अघि बढाएर राहत उपलब्ध गराइने बताएका छन्  । वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार वन निर्देशनालयमार्फत प्रदेशको वनसम्बन्धी विषय हेर्ने मन्त्रालयबाट पीडित वा पीडितका हकवालालाई बढीमा एक महिनामा राहत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

तर निर्देशिकामा उक्त व्यवस्था भए पनि गुल्मी जिल्लामा भने एक सय भन्दा धेरै किसानले लामो समयसम्म पनि राहत नपाउँदा थप समस्यामा परेका छन । रासस