६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी प्रतिष्ठानका उपकुलपति गिरीमा कोरोना संक्रमण देखियो



अ+ अ-

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ । उपकुलति गिरीले सोमबार बेलुका साढे बीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् । उपकुलपति गिरीको आइतबार स्वाब संकलन गरी प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीमध्ये कतिपयमा कोरोना पोजेटिभ देखिने र र प्रतिष्ठानहाता भित्रैको कोभिड अस्पताल कोरोना संक्रमितको उपचार हुने भएकाले प्रतिष्ठानलाई कोरोना संक्रमणको उच्च जोखिम स्थल मानिन्छ ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै र साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’ कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आफ्नै आवासमा आइसोलेसनमा बसेको उनले जनाएका छन् । उनले प्रतिष्ठानको हितमा विभिन्न नीति निर्माण गर्दै कार्यालयको दैनिक काममा व्यस्त रहँदा संक्रमण भएको पनि खुलाएका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।

आफू होम आइसोलेसनमा बसे पनि प्रतिष्ठानका दैनिक कार्यहरु आइशोलेसन कक्षबाटै नियमित रुपमा सञ्चालित हुने र तत्काल आइपर्ने समस्याहरु आफ्नो सचिवालयमार्फत समन्वयमा समाधान गर्ने पनि जानकारी दिएका छन् । प्रतिष्ठानका चिकित्सक, नर्स, हेल्पर, उनीरुका परिवार गरी हालसम्ममा ६० जनाभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कान्तिपुर दैनिक