काठमाडौं: समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
शनिवार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक तथा बरिष्ठ समाजसेवी डा. कैलाशकुमार भण्डारीको अगुवाईमा शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनसम्बन्धी जानकारी दिँदै निर्देशक डा.भण्डारीले फ्रण्टलाइन अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको यसको उद्देश्य आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क स्वास्थ्योपचार गर्नु रहेको बताउनु भयो । उहाँले समाज र राष्ट्रपति संस्था र व्यक्तिले गर्नुपर्ने दायित्व निभाउने उद्देश्यअनुरुप शिविर सञ्चालन गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको स्वास्थ्य शिविर हामीले सबै विधामा मुख्यतया मैले अगुवाई गरेको र २ वर्ष पहिला स्थापनामा आएको फ्रण्टलाइन अस्पतालको प्रमुख आयोजनामा भएको हो । नोबल एकेडेमीको प्राङ्गणमा निःशुल्क वृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेका हौँ । संस्थाको राज्यप्रति आफ्नो उत्तरदायित्व प्रदान गर्ने उद्देश्यले शुरु गरेका हौँ । हामीले समाजलाई के दिन सकिन्छ भन्ने सोचेर अभियानका रुपमा लैजाँदैछौँ ।’
उहाँले निःशुल्क स्वास्थ्यशिविरसँग रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिनुभयो । — न्युज एजेन्सी नेपाल