१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन



अ+ अ-

काठमाडौँ। विभिन्न व्यवधानका बाबजुद शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ ले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।

पहिलो दिनबाटै दर्शकको राम्रो साथ पाएको यो चलचित्रले शनिबार अझ गति लिएको छ। वितरण कम्पनी डीसीएनका अनुसार चलचित्र शनिबार देशभर करिब ३३० स्क्रिनहरूमा प्रदर्शन भइरहेको छ।

चलचित्रको प्रमोशनलाई अझ बलियो बनाउन अभिनेता प्रदीप खड्का, राजबल्लभ कोइराला र अभिनेत्री दिव्या रायमाझी शनिबार विभिन्न हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया लिइरहेका छन्।

शनिबार दिउँसो ललितपुरको पुल्चोकस्थित क्युएफएक्स हलमा पुगेका दर्शकहरूले चलचित्रको अन्त्यसँगै ‘एक्टर: टेक टु’ को माग गरेका थिए। हलमा कलाकारहरू आकस्मिक रूपमा प्रवेश गरेपछि दर्शकहरू झनै उत्साहित बनेका थिए। ‘वि वान्ट टेक टु’ भन्दै नाराबाजी गरिरहेका दर्शकहरूसँग कलाकारहरूले खुसी साट्दै सेल्फी खिचेका थिए।

धेरै दर्शकहरूले क्लाइमेक्सको खुलेर तारिफ गरे। प्रदीप खड्काको दमदार अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन, दिव्या रायमाझीको डेब्यु र आना शर्माको अभिनयले दर्शकको मन जितेको छ। साथै, चलचित्रको निर्देशनलाई लिएर पनि व्यापक प्रशंसा भइरहेको छ।

‘एक्टर: टेक वन’ मा प्रदीप, आना, दिव्या, राजबल्लभसँगै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ।

चलचित्रको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्। अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।