काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यही फेब्रुअरीमा उनीसँगको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरिएको हो ।
मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले १० वर्षपछि आईसीसी टी–२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो ।
मोन्टीले नेपाली क्रिकेटलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेलेका थिए ।