१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्त थापाको ‘मयाली’ सार्वजनिक



अ+ अ-

काठमाडौँ।  ठेट लय र शब्दमा बनेको मौलिक गीत ‘मयाली’ ले यतिबेला लोकसङ्गीत वृत्तमा चर्चा पाइरहेको छ ।

गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीतलाई युट्युबमा पनि रूचाइएको छ । थापाको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार सार्वजनिक गीतले हालसम्म तीन लाख बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द/सङ्गीत पनि थापाकै रहेको छ ।

म्युजिक भिडियोलाई एकिन्द्र सरशंकरले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । गायक थापाले आफैं भिडियोमा अभिनय गरेका छन् भने उनलाई मोडल लक्ष्मी थापा मगरले साथ दिएकी छन्।

गीतको म्युजिक भिडियोको छायाङ्कन बागलुङको ढोरपाटन उपत्यकामा गरिएको थियो । थापाको उक्त गीतले मौलिक सिर्जनाको मूल्यलाई थप स्थापित गरिदिएको लोकसङ्गीत क्षेत्रका अगुवाहरूले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका निवर्तमान अध्यक्ष एवं सर्जक रमेश बिजीले बजारमा लोकगीत–सङ्गीत बेच्नेहरू मात्र नभएर बचाउनेहरू पनि रहेको भन्दै थापाको प्रशंसा गरेका छन् ।

हेर्नुहोस् भिडियो :