२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक



अ+ अ-

काठमाडौं। आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ ।

शुक्रबार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन्। गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ।

गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।

यसअघि यस चलचित्रको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो । सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ ।

फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्।

यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ।

भिडियो हेर्नुहोस: