२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन जस्तो देखिने धातु सहित पक्राउ



अ+ अ-

काठमाडौं। अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका-७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त धातुको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।