१६ श्रावण २०८३, शनिबार
,
Latest
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु, १५ घाइते



अ+ अ-

एजेन्सी । उत्तरी भारतको पञ्जाब राज्यमा शुक्रबार पिकअप भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

पञ्जाबको सिखको पवित्र सहर अमृतसरबाट १४२ किलोमिटर दक्षिणपश्चिममा रहेको फिरोजपुर जिल्लाको मोर गाउँ नजिक उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार क्याटरिङ कम्पनीमा काम गर्ने २५ देखि ३० जनाको समूह पिकअप भ्यानभित्र रहेको थियो ।

प्रहरीले दुर्घटनाको बारेमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।