१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु मुक्त भएको बताउनुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’’

उहाँले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको सगौरव उल्लेख गर्नुभयो ।