२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ महिनादेखि थन्किएका लामो रुटका बस आजबाट सञ्चालन हुने



अ+ अ-

काठमाडौं । आज बिहीबार असोज १ गतेदेखि मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । व्यवसायीले झन्डै ६ महिनादेखि थन्किएका सवारीसाधन सञ्चालनमा ल्याउन थालेका हुन् । तयारीस्वरुप यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले आज बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । कार्यदलले विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पन्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्यरुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लंदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव बुझाएको थियो । सो अवसरमा मन्त्री नेम्वाङलले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए । उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरे । मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली कायमै रहेको जनाएको छ । यस्ता सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरेको छ । तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत तथा ढुवानी साधनको हकमा भने जोरबिजोर लागू नहुने जनाएको छ । चर्च, मठमन्दिर, मस्जिदलगायतका स्थानमा नित्य पूजाबाहेक भीडभाड गर्न निषेध गरेको छ । शैक्षिक संस्था, जिमखानालगायतका स्थान खुला गर्न नपाइने तथा यसअघि गर्न निषेध गरिएका गतिविधिहरु यथावत् रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । नेपाल समाचारपत्र दैनिक