६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक भोलि बस्ने, एमसीसी तथा अन्य निर्णयहरूको थप कार्यान्वयनका विषयमा छलफल हुने



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बैठक तय भएको हो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो । बैठकले गरेका निर्णयहरूको थप कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुने छ । शुक्रबार तय भएको सचिवालयको बैठक नेकपाको कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि अध्यक्षद्वय ओली र प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलसँग बुधबार छलफल गरेका थिए। उपनेता नेम्बाङले पार्टीका समसामयिक विषयमा अध्यक्षद्वयसँग बालुवाटारमा कुराकानी भएको बताए । देशको समसामयिक विषय तथा सरकारले गर्ने विभिन्न नियुक्तिका विषयमा बिहीबार काँग्रेससँग छलफल गर्ने कुराकानी पनि भएको उनले बताए । गोरखापत्र दैनिक