२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा



अ+ अ-

एजेन्सी । हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

ट्रम्पलाई लेखिएको संयुक्त पत्रमा मेयरहरूले उहाँलाई ‘हिबाकुसा ९बम पीडित० हरूको प्रत्यक्ष गवाही सुन्न, उनीहरूको शान्तिको प्रबल चाहनालाई हृदयङ्गम गर्न र आणविक हतियारको अमानवीयताका बारेमा आफ्नो बुझाइलाई गहिरो बनाउन’ आग्रह गरेका छन् ।

बुधबार एएफपीसँग साझा गरिएको जनवरी २८ को पत्रमा भनिएको छ, “तपाईंले आणविक निर्भरताको धारणाबाट मुक्त भई आणविक हतियारको उन्मूलन र दीर्घकालीन विश्व शान्तिको प्राप्तिमा बलियो नेतृत्व लिनुहुनेछ भन्ने हाम्रो हार्दिक आशा छ ।”

संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ मा जापानी सहर हिरोसिमा र नागासाकीमा एक–एक वटा आणविक बम खसालेको थियो । यो युद्धमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना हो । केही दिनपछि जापानले आत्मसमर्पण गरेको थियो ।

हिरोसिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । यसमा विस्फोटबाट बाँचेका तर पछि विकिरणको असरबाट मृत्यु भएका धेरै मानिसहरू समावेश छन् ।

वासिङ्टनले बम विस्फोटका लागि कहिल्यै माफी मागेको छैन ।

सन् २०१० मा अमेरिकी राजदूत जोन रुस वार्षिक हिरोसिमाको सम्झनामा सहभागी हुने पहिलो अमेरिकी प्रतिनिधि बन्नुभयो र दुई वर्षपछि नागासाकी कार्यक्रममा जानुभयो ।

बाराक ओबामा सन् २०१६ मा हिरोसिमा आउने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभयो । त्यसपछि सन् २०२३ मा जो बाइडेन आउनुभयो ।

जापानी मिडियाका अनुसार दुवै मेयरले आमन्त्रित गरे तापनि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भ्रमण गर्नुभएन ।

गत वर्ष नागासाकीका मेयर शिरो सुजुकीले इजरायली राजदूतलाई समारोहमा निमन्त्रणा नगरेर विवाद निम्त्याउनुभएको थियो । सुजुकीले यो निर्णय ‘राजनीतिक होइन’ तर गाजा द्वन्द्वसँग सम्बन्धित सम्भावित विरोध टार्न भएकामा जोड दिनुभयो ।

अमेरिका, इजरायल, बेलायत लगायतका राजदूतहरू विरोधस्वरूप समारोह बहिष्कार गरी टोकियोमा आयोजित सानो स्मृति कार्यक्रममा सहभागी भएका थिए ।

गत वर्षको नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकीबाट बचेका मानिसहरूको आणविक हतियार प्रतिबन्धका लागि दबाब दिने आधारभूत आन्दोलन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो।