काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना निर्वाचित भएकी छन् ।
जनार्दन शर्मा पक्षबाट उमेदवार रहेकी रानाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।
खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् ।
छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।
जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो निर्वाचित भएका छन् ।










