२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते



अ+ अ-

एजेन्सी। लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणबाट २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए। आइतबार बिहानदेखि सयौं लेबनानीहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन्। लेबनानीहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेको र इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौतापछि पनि यस्ता घटनाहरू सार्वजनिक भएका छन्।रासस