६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संसदमा पुग्यो प्रहरी विधेयक

संसदमा पुग्यो प्रहरी विधेयक
अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ ।

संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको छ । १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।

कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी नागरिकताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा समावेश गरिएको छ ।

उक्त प्रस्ताव दर्तापछि संसद्‌मा छलफलपछि विधेयक पारित हुनेछ । संसद्बाट पारित विधेयक राष्ट्रियसभामा पुग्नेछ । राष्ट्रियसभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ ।

प्रस्ताविक विधेयक पास भए अब प्रहरी र सशस्त्र प्रहरी बलको विद्यमान ३० वर्षे सेवाहद हट्ने छ । हाल प्रहरी नियमावली २०७१ मा आईजीपीको उमेरहद ५८ छ । यो विधेयकले त्यो उमेरहदलाई बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरेको छ । त्यस्तै, सेवाहद ३० वर्ष हटाइने प्रस्ताव गरिएको छ ।

त्यसको साटो अहिलेको विधेयकले प्रहरी र सशस्त्र प्रहरीको आईजीपीको पदावधि चारबाट घटाएर तीन वर्ष बनाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डीआइजी) ५६ वर्षमा अवकाश हुँदै आएकोमा त्यसलाई ५९ बनाउने प्रस्ताव भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को ५५ वर्षमा अवकाश पाउँदै आएकोमा ५८ वर्ष बनाइने भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) ५४ वर्ष र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अवकाश पाउँदै आएको छ । दुवै पदको अवकाश पाउने उमेरहदलाई ५७ वर्ष बनाउन सरकारले प्रस्ताव गरेको हो ।