६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान

हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान
अ+ अ-

रौतहट । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, बृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् ।

हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छभने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ ।हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छभने एक घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा बिजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।

तामाङको घर हात्तीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । जङ्गली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए । हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । ‘‘बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ’’, स्थानीय खिकप्रसाद पन्त भने । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पुर्ण रूपमा क्षति भएको थियो ।

राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ ।यस्तै चन्द्रपुर–३ गैँडाटारमा हात्तीले एकैरात सात घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिकामा—११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिए ।

हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपालि गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए ।

जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पुर्‍याएको छ । रौतहटको चन्द्रपुर—३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ । हात्तीले पटकपटक गरेर करिब एक बिगाहामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब सात सय केराको बोटमा हात्तीले नष्ट गरेको उनको गुनासो छ । केराखेतीमा बीमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।

वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंश मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिए । केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्रम गर्न बाध्य भएका पटेल बताउँछन् ।

हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए ।

सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पु¥याउने उनीहरूले आश्वासन दिएका छन् ।

बर्सेनि हात्तीको समूह रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा बिजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेक छ । गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जान समेत छाडेका छन् ।

यसैबीच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पुर्‍याएको छ । केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा निलगाइले क्षति पुर्‍याउँदै आएको छ ।

लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेत नजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिदा आफूहरूको बाली जोखिममा परेको किसानहरूयको गुनासो छ । रमेश तिमलसिना/रासस