९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशाला निरीक्षणमा मन्त्री आले, धर्मशाला देखेर ‘सक्ड’



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले सेभेन स्टार होटलजस्ता धर्मशाला देखेर आफू ‘सक्ड’ (स्तब्ध) भएको बताए ।

निरीक्षणपछि मन्त्री आलेले भन्नुभयो  ‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ । कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो । सबैभन्दा पहिलो त यो टेण्टर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ । त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन् । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ ।’

सो सम्बन्धमा गठित छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने जानकारी दिँदै मन्त्री आलेले प्रतिवेदनअनुसार आवश्यक निर्णय लिइने बताए । प्रतिवेदनले दोषी देखाएका सबैलाई कारवाही गर्ने उनको भनाइ थियो ।

मन्त्रालयले नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले भोलि अपराह्न पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।