१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको संसद यात्रा सुरु, राष्ट्रियसभा सदस्यको सपथग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का  वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ । 

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।