११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ सयको उपस्थितिमा ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर, चलचित्रको खुलेर प्रशंसा



अ+ अ-

काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरस् टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।

यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो । हाल विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू भाइरल छन् ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरू सहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो । यो सङ्ख्याले यस चलचित्रप्रतिको उच्च प्रतीक्षालाई पनि झल्काएको छ ।

सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’को प्रिमियरको लागि यस चलचित्रका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।

यस चलचित्रको प्रिमियर निकै उत्साहजनक क्षण बन्न पुगेको प्रतिक्रिया प्राप्त भइरहेका छन् । प्रिमियरमा चलचित्र हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छन् । समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको यस चलचित्रका निर्देशक राजन भुसालको व्यापक तारिफ भएको छ । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो ।

यस चलचित्रले प्रिमियरमा प्राप्त गरेको प्रतिक्रियाको आधारमा यसले नेपाली चलचित्र उद्योगमा नयाँ तरङ्ग ल्याउने विश्वास गर्न सकिन्छ साथै प्रदर्शनपछि पनि दर्शकको मन जित्ने प्रबल सम्भावना देखाएको छ । निर्माण पक्षले ‘एक्टरस् टेक वन’लाई नेपाली चलचित्र उद्योगमा फरक छाप राख्ने र दर्शकको ठुलो साथ पाउने अपेक्षा गरेको छ ।

यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।