७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक क्षेत्र चलायमान, अर्को साता त्रिविले निर्णय गर्ने



अ+ अ-

काठमाडौँ। कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ ।
विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।

विद्यार्थीको हातमा पुस्तक
विद्यालय तहमा अध्ययन गर्ने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी जनक शिक्षा सामग्री लिमिटेडका महाप्रबन्धक महेश तिमिल्सिनाले गर्नुभयो । यस वर्षको शैक्षिक सत्रको सबै पाठ्यपुस्तकको बिक्री वितरण भइसकेको छ । गत असारसम्म एक करोड ६० लाख थान पुस्तक बिक्री भइसकेका छन् । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक भने निजीले छापेको थियो । कक्षा कोठामा विद्यार्थीको पठनपाठन नचले पनि सबै विद्यार्थीकहाँ पुस्तक पुगेको महाप्रबन्धक तिमिल्सिनाले बताए । सरकारले चालू शैक्षिक सत्र वैशाखबाटै सुरु भएको र चैतभित्र पूरा गरिने प्रतिबद्धता जनाइसकेको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैतभित्रै शैक्षिक सत्र पूरा गरिने घोषणा गरिसकेका छन् ।

अबको सात महिनाभित्र शैक्षिक सत्र पूरा गर्ने सरकारी योजना छ । यस बीचमा सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गर्नुका साथै पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिसकेको छ । पाठ्यवस्तु समायोजन ढाँचाका आधारमा विद्यार्थीको सिकाइ सहजीकरण हुनेछ । सात महिनामा पाठ्यपुस्तकमा भएका सबै सामग्री पढाउन नसकिने तर न्यूूनतम सिकाइ बिना विद्यार्थीलाई कक्षा चढाउन नमिल्ने अवस्थाका कारण पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

नमुुना विद्यालयको नेतृत्व
वैकल्पिक विधि मूलधारको शिक्षा भएको, भौतिक कक्षा नचलेको तर सात महिनामा शैक्षिक सत्र पूरा गर्नुपर्ने अवस्थामा सरकारले घोषणा गरेका नमुना विद्यालयले नेतृत्वको काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम असामान्य अवस्थामा नमुना विद्यालयले अरू विद्यालयलाई समेत प्रेरणादायी हुने खालको शैक्षिक गतिविधि सञ्चालन गर्न सक्नुपर्ने बताउनुहुन्छ । सरकारले हालसम्म ४२२ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अगाडि बढाएको छ । सरकारबाट यी विद्यालयले विशेष सुविधा प्राप्त गर्छन् ।

अनुमति दिए लगत्तै परीक्षा
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए लगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने जनाएको छ । परीक्षाका विभिन्न मोडल प्रस्तुत गरी स्वीकृतिका लागि पठाइएको र स्वीकृति दिए लगत्तै परीक्षा गर्ने तयारीमा आफूहरू रहेको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए  ।
सरकारले अनुमतिपछि बोर्ड बैठकबाट निर्णय गरेर अघि बढ्ने उनले बताए ।

कक्षा–११ को पाठ्यपुस्तक छपाइ
यसैबीच कक्षा–११ मा भर्ना हुने नयाँ विद्यार्थीलाई लक्षित गरी जनक शिक्षाले दुईवटा अनिवार्य विषयको पुस्तक छपाइ कार्य सकेको छ । अङ्ग्रेजी र नेपाली विषयको पुस्तक छपाइ गरी बिक्री वितरणसमेत थालिएको जानकारी महाप्रबन्धक तिमिल्सिनाले दिए ।

त्रिविको निर्णय अर्को साता
यसैबीच त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने जानकारी दिए । पदाधिकारीको बैठकबाट यसको निधो गरिनेछ । वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उनले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताए । अर्कोतिर लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिए लगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिए । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ । गोरखापत्र दैनिक