६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाल आठ हजारभन्दा बढी होम आइसोलेसनमा



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् । कोरोना भाइरस संक्रमितमध्ये निको भएर जानेको संख्या बढ्दै गएको छ । हालसम्म देशभर ५९ हजार ५ सय ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार थप १ हजार २ सय ४३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ३८ जना डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् । हालसम्म देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन् । नेपालभर हालसम्म आरटी–पीसीआर प्रविधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । राजधानी दैनिक