२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्षीय राजनीतिक दलको बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौं । संसद्को आगामी अधिवेशनबारे छलफल गर्न सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठकमा आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशन र पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाईएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतक सहभागी छन् ।

प्रधानमन्त्री ओलीले जनसेवा र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनु भयो ।