११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु



अ+ अ-

सिरहा। यहाँको गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ । चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए । अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ गर्ने प्रक्रिया अपनाउने जानकारी दिए।

नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।