१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु



अ+ अ-

सिरहा। यहाँको गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ । चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताए । अब नगरपालिकाले उपभोक्ताको खातामा प्रत्यक्ष रकम ‘ट्रान्सफर’ गर्ने प्रक्रिया अपनाउने जानकारी दिए।

नगरपालिकाले अनलाइन भुक्तानी सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्तालाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ ।