१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते



अ+ अ-

काठमाडौँ। संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ ।

सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कार्य तालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ । सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

दश दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा सिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकामा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ ।