६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोशी प्रदेश लोकसेवा आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेस

कोशी प्रदेश लोकसेवा आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेस
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आज बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१को पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

कोशी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रतिवेदन सदनमा पेस गरेका छन् । सभामा उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐनले उत्पादन र उत्पादकत्व बढाउन मद्दत गर्ने बताए ।

कृषि क्षेत्रको समग्र विकास गरी वर्सेनि भोग्नुपर्ने मलखाद र बीउको समस्या समाधान गर्न ऐन प्रभावकारी हुने बताउँदै उहाँले गुणस्तरीय बीउ उत्पादन, भण्डारण, प्रशोधन गरी किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन मद्दत गर्नुपर्नेमा जोड दिए । स्वदेशी बीउ प्रयोग गरे जोखिम कम हुने र भइ नै हालेमा क्षतिपूर्तिका व्यवस्था प्रदेश सरकारले गर्ने बताउँदै यो ऐनबाट किसान प्रोत्साहित हुने उनले बताए ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट उपनेता तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको घटनापछि सबै पक्षले संयमता अपनाउनुपर्ने बताए । उनले घटनापछिको अवस्थालाई बिग्रन नदिन प्रहरी प्रशासनले बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउँदै अब थप पीडा हुने काम कसैले नगर्न आग्रह गरेका थिए ।

उनले भने भाँच्चिनुभन्दा निहुरिनु राम्रो हो, दुवै पक्ष सहमति, सहकार्य र एकताबाट अघि बढ्नुपर्छ ।” विशेष समयमा सोही सन्दर्भमा बोल्दै नेपाली कांग्रेस संसदीय दलको तर्फबाट मैया श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको तर्फबाट खिनु लङ्वा लिम्बूले पाथीभरा मुक्कुम्लुङ धार्मिक एवं सांस्कृतिक क्षेत्र भएकाले थप तनाव सृजना हुने काम कसैले नगरी वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताए।

उनहरुले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था सरकारले गर्नुपर्ने माग गरेका थिए । विभिन्न समयमा सदनमा उठेका जिज्ञासाको सन्दर्भमा भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नागरिक जीवनमा प्रत्यक्ष रुपमा जोडिने स्वास्थ्य क्षेत्रमा सुधार गरेको बताए ।

उनले कडा रोग लागेका बिरामीका लागि प्रदेश सरकार स्वास्थ्य सहायता रकम जुटाउने विषयमा गत वर्षमा तीन हजार दुुई सय ३४ निवेदन परेकामा पाँच सय जनालाई रु पाँच करोड वितरण भएको जानकारी दिए । उनले यसवर्ष पनि दुई हजार सात सय ३४ निवेदन परेकामा रु पाँच करोड नागरिक सहायता कोषमा रहेको र थप रु नौ करोड सङ्घीय सरकारसँग माग गरेको बताउँदै सम्भवत यही माघको अन्तिमतिर सम्बन्धित व्यक्तिको खातामा ५० प्रतिशत रकम पठाउने तयारी मन्त्रालयले गरेको बताए ।

मन्त्री राईले धनकुटामा स्त्री रोग विशेषज्ञ एक÷दुई दिनमै पठाउने, सुनसरीको इनरुवा अस्पतालसहित अन्य अस्पतालको स्तरोन्नति गरी आमनागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको जानकारी दिए ।

शून्य समय शून्य समयमा प्रदेशको समसायिक विषयमा कोशी प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, मीना श्रेष्ठ, रामप्रसाद मेहता, खगेश्वरी पौडेल, सुनिता गच्छदार चौधरी, इस्राइल मन्सुरी, गोपालबहादुर विश्वकर्माले बोलेका थिए । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।रासस