१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोङ्गा ज्वालामुखी विस्फोटले ‘महत्वपूर्ण’ क्षति पुर्‍यायो– प्रधानमन्त्री आर्डर्न



अ+ अ-

वेलिङ्टन । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टोङ्गाको राजधानी नुकुआलोफालाई शक्तिशाली ज्वालामुखी विस्फोटबाट ‘महत्त्वपूर्ण’ क्षति भएको बताउनुभएको छ । सो विस्फोटले सुनामी ल्याएको छ तर अहिलेसम्म कुनै पनि क्षति वा मृत्युको रिपोर्ट आएको छैन।

प्रकोपले यस क्षेत्रका एक लाख पाँच हजार बासिन्दालाई टेलिफोन र इन्टरनेट पहुँचबाट विच्छेद गराएको एक दिनपछि प्यासिफिक राष्ट्रहरू र मानवीय समूहहरूले टोङ्गासँग सञ्चार स्थापना गर्न प्रयास गरेकै बेला आइतबार प्रधानमन्त्री आर्डर्नको टिप्पणी आएको हो । 

आर्डर्नले सरकारले अहिले नुकुआलोफामा रहेको न्यूजील्याण्ड दूतावाससँग सम्पर्क गरेको बताउनुभयो ।

उहाँले पत्रकारहरुसँग सुनामीले नुकआलोफाका उत्तरी किनारमा डुङ्था र ठूला जहाजसँगै तटमा महत्वपूर्ण असर गरेको बताउनुभयो । 

“नुकुआलोफा ज्वालामुखीको धुलोको बाक्लो फिल्मले ढाकिएको छ तर अवस्था शान्त र स्थिर छ”, उहाँले भन्नुभयो । 

टोङ्गामा ज्वालामुखी विगत केही दशकमा नियमितरूपमा विस्फोट भइरहेको छ तर शनिबारको विष्फोट यति ठूलो थियो कि ८०० किलोमिटर टाढा रहेको फिजीका केही भागका बासिन्दा र दुई हजार ३०० किलोमिटर टाढा रहेका न्यूजील्याण्डका बासिन्दाले यसको आवाज सुनेका थिए ।

स्याटेलाइटले हावामा धुवाँको मुस्लो समुद्री सतहबाट करिब २० किलोमिटर माथिसम्म पुगेको ज्वालामुखी विस्फोटका तस्बिरलाई कैद गरेको थियो । टोङ्गाको आकाश खरानीले अँध्यारो भएको थियो। एजेन्सी