६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोशी प्रदेशसभाः अध्यादेश स्वीकृत

कोशी प्रदेशसभाः अध्यादेश स्वीकृत
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसका साथै मन्त्री भण्डारीले सदनमा विभित्र समयमा उठेका विषयमा धारणा राख्नुभएको थियो । उहाँले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । शनिबार ताप्लेजुङको बल्लुमा भएको घटनामा २० जना सुरक्षाकर्मी घाइते भएका जानकारी दिए ।

प्रहरीमाथि आक्रमण हुनसक्ने जानकारी पाएको प्रहरीले सुरक्षा सतर्कता अपनाउँदा पनि आवश्यक जाँचका क्रममा आक्रमण भयो । त्यस क्रममा  २० जना घाइते भए । सातजना अहिले पनि उपचारकै क्रममा छन् ।  पाथीभरा र मुकलुङ क्षेत्रमा केवलकार निर्माण हुनुपर्ने र हुनुहुँदैन भन्ने पक्षबीचको तनावले सो घटना भएको हो । सरकारले विकास निर्माणमा अवरोध गर्नु देशलाई पछाडि धकेल्नु हो भन्ने मान्यतासहित वार्ताबाट समस्या समाधान गर्न चाहेको छ।

बैठकमा उद्योग, कृषि सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक’ विचार गरियोस् भनी पेस गरेका प्रस्तावसमेत सर्वसम्मतले पारित भई त्यसमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै बालीनालीमा लाग्ने रोग र कीराको पहिचान गरी विषादी प्रयोग गर्न विधेयकले मद्दत गर्ने बताए ।

उनले विधेयकले विषादीको आयात, बिक्री–वितरण, प्रयोग, भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्नाका साथै नियमन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमल दर्नाल, रामदेव यादव, छविलाल चुडाल र गोपाल तामाङले यो विधेयकको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनहरूले स्वदेशमै गुणस्तरीय बीउ उत्पादन गर्न, किसानलाई उत्रत जातका बीउ उपलब्ध गराउन, बीउको भण्डारण, प्रशोधन र बिक्री वितरण गर्न पनि सहयोग पुग्ने आशा राखेका छन्।

विशेष समय
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट नेता इन्द्रबहादुर आङ्बोले पाथीभरा र मुकलुङ क्षेत्र केही दिनदेखि तनावग्रस्त रहेकाले सरकारले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले केवलकार विकास र व्यावसायिक परियोजना पनि भएकाले स्थानीय जनताको भावनाअनुसार अघि बढाउन आवश्यक रहेका धारणा राखेका छन् । विशेष समयमा नै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका तर्फबाट कमलप्रसाद जवेगुले पनि बोलेका थिए ।

शून्य समय
मुलुकको समसामयिक विषयमा ध्यान केन्द्रित गरी शून्य समयमा कोशी प्रदेशसभाका सदस्य प्रदीपकुमार सुनुवार, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, सविना बजगाइँ, खिनु लङवा लिम्बू, रमेश बस्नेत, राधाकृष्ण खनाल, तिलचन पाठक, विदुरकुमार लिंथेपलगायतले आफ्नो धारणा राखेका थिए ।

उनहरूले हिजो ताप्लेजुङमा भएको घटनाको दुःख व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । लामो समयसम्म पनि बहुवर्षीय योजना सम्पत्र नहुने समस्या समाधानका लागि सरकारले एउटा विधि बनाएर निर्माण कम्पनीलाई दबाब दिनुपर्नेमा उहाँहरूको जोड थियो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न २ बजे बस्नेछ ।रासस