१५ माघ २०८१, मंगलवार
,
Latest
पूर्वराजा ज्ञानेन्द्रद्वारा आज कपिलवस्तुको तौलेश्वरनाथ महादेवको दर्शन र पूजापाठ इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार संकुचित हुनसक्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भ्याली पब्लिक र संस्कृतिको जित अनलाइन जुवा खेलाउने दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि



अ+ अ-

काठमाडौं। सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले तोकेको एक करोड बुझाएर रवि लामिछाने रिहा भएका छन् ।

न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको जानकारी गराउनु भयो ।

न्यायाधीश योगीको इजलासले दिएको आदेशमा मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७४ बमोजिम एक करोड नगद धरौटी, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नु, बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।