२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणालाई भारतीय समकक्षीको धन्यवाद



फाईल फोटो
अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज परेको भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएकामा भारतीय विदेशमन्त्री डा एस जयशंकरले मन्त्री डा राणालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मन्त्री डा राणाले गणतन्त्र दिवसका अवसरमा आज आफ्ना भारतीय समकक्षी एस जयशंकंरमार्फत भारतीय जनता र भारत सरकारलाई बधाई तथा शुभकामना दिँदै भारतको निरन्तर प्रगति, समृद्धि र उन्नतिको कामना गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले सामाजिक सञ्जालमार्फत भारतसँग नेपालको घनिष्ठ छिमेकीका रुपमा सदियौँदेखि पारस्परिक सम्मान र बलियो मित्रता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

सो शुभकामना सन्देशप्रति भारतीय विदेशमन्त्री डा एस जयशंकरले धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा न्यानो शुभकामनाका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धेरै धन्यवाद भनेर लेख्नुभएको छ ।