२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



अ+ अ-

डोटी। डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बडीकेदार–५ केदार माडौँ की २३ वर्षीया विस्नादेवी पुन मगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन् । उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।