२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा सभामुखसामु विपक्षी दलको आपत्ति



अ+ अ-

काठमाडौँ। संघीय संसद्मा रहेका विपक्षी दलहरूले संसद्मा पुगेका विधेयक फिर्ता नै नलिई सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् ।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।

संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई विपक्षी दलले सुझाव दिएका छन् ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुख घिमिरेसँग छलफल भएको जानकारी दिए । विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।