२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार



अ+ अ-

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताउनुभएको छ ।

नेता पुटिनले भन्नुभयो, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी बिषयमा वार्ताका लागि तयार छौँ ।”

राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भन्नुभयो, “प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ?” वार्ताका अलागि पहिले प्रतिवन्ध खुकलो पार्नु आवश्यक छ । “यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ,”

उहाँले भन्नुभयो, “जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिंदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी छ।”

उहाँले भन्नुभयो, “युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नुभएको थियो । के यो अवस्थामा वार्ता गर्न सम्भव छ ।”

उहाँले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गर्नुभयो ।

रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताउनुभएको छ । उहाँले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताउनुभयो ।

विश्व आर्थिक मञ्च (डब्लुईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताउनुभएको छ ।