३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमय जिन्दगी: नववर्षे चित्रकला सुरु



अ+ अ-

काठमाडौँ: पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ ।

उहाँले सन् १९५५ मा दुई देशबीच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबीचको सम्बन्ध अघि बढिरहेको धारणा राख्नुभयो ।

साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा आजदेखि काठमाडौँस्थित नक्सालमा सुरू ‘शुभमय जिन्दगी: नववर्षे चित्रकला’ प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । दुई देशबीच हुने यस्ता कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने उहाँको विश्वास छ ।

आज प्रदर्शनीको पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिन, साङ्घाई सांस्कृतिक तथा पर्यटन ब्यूरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाई क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले साङ्घाई इतिहास म्युजियमको आयोजनामा भएको प्रदर्शनी साङ्घाईको सांस्कृतिक जनजीवनको विम्ब–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख छउ छुन ह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए पनि यी दुई सहरबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमामा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राख्नुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, चिनियाँ कलाकार, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधिको सहभागिता थियो ।रासस