६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाल भलिबल लिग (एनभिएल) को तयारीमा तीव्रता

नेपाल भलिबल लिग (एनभिएल) को तयारीमा तीव्रता
अ+ अ-

काठमाडौं। नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको रोमाञ्चकता बढिरहँदा देशका हरेक भुभागमा खेलिने भलिबलको लिग आयोजनाले नेपाली समर्थक धेरै उत्साहित छन् ।

क्रिकेट, महिला भलिबल, कबड्डीको फ्रेन्चाइज लिग भैरहँदा पुरुष भलिबल लिगको तयारीमा तीव्रता दिइएको छ । नेपालको व्यावसायिक घरना तथा खेलप्रति चासो राख्ने केडिया ग्रुपले नेपाल भलिबल लिग गर्दै छ । नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाले समर्थक पनि उतिकै उत्साहित र प्रतीक्षामा छन् ।

यता, नेपाल भलिबल लिग (एनभिएल) छिट्टै सुरु गर्ने गरी आयोजक पनि जुटेको छ । केडिया ग्रुपले यस लिगमा ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । सो स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित केडिया ग्रुपले तयारी थालेको हो । नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग सञ्चालन भइरहेका छन् ।

यी आयोजनाले खेलमार्फत आम मानिसहरूलाई आकर्षण पनि गरिरहेको छ । विश्व स्तरीय स्टार खेलाडी नेपालमा भित्रिदा नेपालमा सर्वत्र चासो बढ्नु स्वाभाविक पनि हो । केडिया ग्रुप नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर नै लिगलाई छिट्टै उचाइ र रोमाञ्चकता दिने प्रयासमा छ ।

पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो । त्यसैले यसको सुरुआत राम्रो दिने लक्ष्यमा आयोजक छ । दीर्घकालमा यो फ्रेन्चाइजलाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक रहेको छ । त्यसका लागि स्टार खेलाडी भित्रायने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभिएलको लोगो सार्वजनिक भैसकेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए ।

साथै एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो लागिसकेको छ । हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले यसअघि नै स्पष्ट पारेको थियो । साथै ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछन् ।

लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने तय भैसकेको छ । भविष्यमा होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने केडिया ग्रुपको दीर्घकालीन लक्ष्य छ । नेपाल भलिबल संघले केडिया ग्रुपसँग सात वर्षका लागि लिग आयोजना दिनेगरी सम्झौता गरेको हो । केडिया ग्रुपका सिइओ अश्विन केडिया आफैं पनि भलिबल खेलप्रेमी हुन् । त्यसैले पनि उनले भलिबल खेलको उत्कृष्ट लिग आयोजनाको लक्ष्य राखेका थिए ।

अब छिटै मिति घोषणासँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने आयोजकले तयारी थालेको छ । मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्दता पनि छिट्टै टुंगो लगाइने भएको छ । एनभिएलका सिइओ अश्विन केडिया भलिबल राष्ट्रिय खेल भए पनि यसको थप उचाइका लागि व्यावसायिक लिगको आवश्यकता औंल्याउ छन् ।

त्यसैले तीन विदेशी खेलाडसहित ट्यालेन्ट हन्टमा सम्भावना बोकेका खेलाडी टिममा राख्न राम्रो माध्यम सिर्जना गर्ने उनले योजना बनाएका छन् । नयाँ प्रतिभाले विश्वस्तर खेलाडीसँग खेल्न पाउँदा मात्र नेपालको राष्ट्रिय खेल विकासमा ठूलो टेवा पुग्ने उनको बुझाई छ ।

साथै घरेलु ९ खेलाडीले पनि स्तरीय लिगमार्फत आफ्नो प्रतिभा तिखार्ने अवसर पाउनेछन् । यो लिगमा अन्तराष्ट्रिय भलिबल माझ स्थापित गर्न कुनै कसर नराख्ने एनभिएलका सिइओ अश्विनको योजना छ ।