२५ माघ २०८१, शुक्रबार
,
Latest
अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व विभागीय प्रमुख मल्लको बिदाइ



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको  छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई बिदाइ गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख भोजानन्द राई, पूर्व विभागीय प्रमुख एवं खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेत, विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच मल्ललाई बिदाइ गरे ।

अधिकृत प्रथम श्रेणीबाट अवकास प्राप्त मल्ल २०५३ साल असोज ४ गते राखेप सेवामा प्रवेश गरेका थिए । मल्लले आफ्नो सेवा अवधिमा तत्कालीन सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा खेलकुद विकास विभागमा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । २०८० साल असोजमा ३ सय ४२ जना कर्मचारीको बढुवा हुँदा मल्लको पनि विशेष योदान थियो ।

बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले अनिवार्य अवकास नियमित प्रकृया भएको बताउदै मल्लले आफूलाई दिएको जिम्मेवारी राम्ररी निर्वाह गरेको बताए । मल्लले सबै कर्मचारीबाट सहयोग पाएको बताउदै सबैप्रति आभार व्यक्त गरे । राखेपले मल्लको स्थानमा गत पुस २९ गते भोजानन्द राईलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिसकेको छ ।