५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान संस्कार बास्केटबल भोलिदेखि



अ+ अ-

काठमाडौं। ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले जानकारी गराइन् । ब्वाइज टिमलाई ८ समूह तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

ब्वाइजको प्रत्येक समूहबाट शीर्ष २ टोली प्रिक्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । जुनियर ब्वाइज स्पर्धा मात्र समावेश गरिएकोमा प्रधानाध्यापक बडूले भनिन् ‘अहिले हाम्रो विद्यालयमा कक्षा ७ सम्म पढाई हुन्छ । त्यसैले हामीले जुनियरको स्पर्धा मात्र समावेश गरेका हौं । हरेक वर्ष हामी कक्षा पनि बढाउदै जान्छौं ।

त्यसै अनरुप प्रतियोगिताको संरचनालाई पनि परिवर्तन गर्दै जाने छौं ।’ प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । प्रतियोगितामा जम्मा ७० खेल हुनेछ । फाइनल माघ १८ गते हुनेछ ।