२५ माघ २०८१, शुक्रबार
,
Latest
मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा छुटे लेखा सभापति पोखरेलका पूर्वस्वकीय सचिव



अ+ अ-

काठमाडौं। पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख गठी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल धरौटी बुझाएर रिहा भएका छन् ।

उनीविरूद्ध  बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।  बिहीबार जिल्ला अदालत मोरङले पोखरेलसँग ५ लाख धरौटी मागेको थियो । पोखरेलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार मुद्दा दायर गरेको थियो ।

ठगी आरोपमा पक्राउ परेका उनीविरुद्ध ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैया जरिवाना मागदाबी गरिएको थियो । अनिलविरुद्ध पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।